निबन्ध : मानव सभ्यताको संरक्षण | Essay On Preservation of Human Civilization

 मानव सभ्यताको संरक्षण

 

मानिस विवेकशील एवम् चेतनशील प्राणी हो । ऊ अन्य प्राणीभन्दा भिन्न छ किनकि उसले आफ्नै सभ्यता र सस्कृतिको विकास गरेको छ । समूह वा झन्ड बनेर त अरू प्राणी पनि बस्दछन् तर मानवले सामाजिक रीतिस्थिति, सात व्यवहार एवम् भाषा, वाङ्मयको व्यववस्था गरेको छ । जगली युगदेखि आजसम्म आइपुग्दा मानवले मानव सभ्यताको उन्नतोदरमा विकास गर्दै आएकाले उसले आफ्नो सभ्यताको सरक्षण गर्न सकेको छ । त्यसैले मानवले आफ्नो आवश्यकता, जीवनशैली तथा ज्ञान प्रविधिको विकास गरी सभ्यता निर्माण गरेको छ । सभ्यता भन्नु नै सभ्य वा राम्रो हुनुको भाव हो। शिष्टता, सुसस्कृतिपना वा सुसस्कारको अवस्था हुनु नै सभ्यता हो।

मानवीय युगबाट विस्तारै यात्विक युगमा पदार्पण गरेको मानय सभ्यताको विकास संगसंगै यसमा परिष्कार र परिष्कृत हुँदै गएको अवस्था देखिन्छ । मानव सभ्यता भौगोलिक सीमा र इतिहासले मात्र निर्धारण गर्दन पर वर्तमानमा उसले देखाउन आचरण प्रयोग गर्ने भाषा, उसको परिधान तथा व्यवहारमा निर्भर हुन्छ । मानव सभ्यता मानवकै आजसम्मको उपलब्धिको द्योतक हो। विकास र उन्नति गर्दै जांदा मानवले यसोवास. खानपान, भेषभुषा, दैनन्दिनीको जात धर्म, सस्कृति र भूगोल अनुरूप विकास गरेको छ।

यसलाई सुधार गर्दै मौलिक संस्कृति सभ्यता र सस्कारको विकास र विस्तार गर्नुपर्दछ । विनाशक र विध्वशक होइन सिर्जनात्मक शक्तिको स्रोत बन्न सके हाम्रो सभ्यता अझ परिस्कृत र परिमार्जित हुने निश्चित छ। मानव सभ्यताको सरक्षण गर्ने हो भने आजसम्म प्राप्त उपलब्धिको सरक्षण गर्नपर्छ। जुन मानव हितका निम्ति गरिएको छ । मानवले मच्चाएका नरसहकारी गतिविधिको अन्त्य, विकृति र विसङ्गतिको जरा काटेर समुन्नत समाज निर्माणको वातावरण वनाउँदै भयरहित वातावरणमा सबैको समुन्नति हुने विश्व वन्धुत्वको भावना विकास हुने अवस्था आएमा मानव अझ बढी सुसभ्य वन्छ । मानव सभ्यताको सरक्षण नै मानव अस्तित्वको सरक्षण हो। वर्तमान पिंढीले मानव सभ्यताका नाममा विश्वव्यापी कारणले सिर्जिएका समस्याको निराकरण गर्दै मानवीय मूल्य मान्यताको र भाषाको अनि मानव अस्तित्वको सरक्षण गर्नसके मानव सभ्यताको सरक्षण हुन्छ भन्ने कुरामा दुई मत नहोला।

Post a Comment

0 Comments