विद्यार्थी जीवनमा अनुशासनको महत्त्वमा निबन्ध | Essay On Importance of Discipline In Student Life In Nepali

विद्यार्थी जीवनमा अनुशासनको महत्त्व


नियमित रूपले विद्याध्ययनमा संलग्न रहेको र कुनै शिक्षणसंस्थामा अध्ययनरत व्यक्तिलाई विद्यार्थी भनिन्छ भने सामाजिक वा संस्थागत नियम, मर्यादा वा आदर्श आचरणको हार्दिक अनुसरणलाई अनुशासन भनिन्छ। विद्यार्थी जीवन मानिसको व्यक्तित्व-निर्माण गर्ने खास रचनात्मक समयावधि हो भने अनुशासन त्यस जीवनअवधिको जाज्वल्यमान किरण हो र सुन्दरतम आभूषण हो । मानवजीवनमा अनुशासनको अतीव महत्त्व रहेको छ र अझै विद्यार्थी जीवनमा त अनुशासनको भूरिभूरि महत्त्व-महिमा छ भन्ने कुरो निर्विवाद रहेको छ। अनुशासनमा आवद विद्यार्थीहरूको जीवनयात्रा स्वर्णिम भविष्यतर्फ डोरिएको हुन्छ र त्यस्ता व्यक्तिहरुको ललाटमा सुनौलो भाग्यरेखा कोरिएको हुन्छ । विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति सफलताका सोपानहरू सहज-स्वाभाविक रूपमा चढ्दै जान्छ भन्ने कुरो सर्वमान्य नै रहेको छ। त्यसैले 'विद्यार्थी' शब्दसंगै 'अनुशासन' शब्दलाई सँगसँगै गंसिर हेर्ने गरिएको छ ।

अनुशासन- सूत्रमा आबद्ध हुने विद्यार्थीहरूको जीवनयात्राले फराकिलो र सुनीलो गोरेटो समातेको हुन्छ । विद्यार्थीहरू भिन्न-भिन्न पारिवारिक पृष्ठभूमिबाट विद्याध्ययनका निम्ति विद्यालयमा आएका हुन्छन् र त्यस्ता विद्यार्थीहरूले त झनै विद्यालयका नियम, मर्यादा वा आदर्श आचरणको परिधिभित्र रहनु वाञ्छनीय देखिन्छ । कक्षामा धेरै-धेरै विद्यार्थीहरू हुन्छन् र ती विद्यार्थीहरू अध्ययन वा ज्ञानार्जनको पावन उद्देश्य लिएर विद्यालयमा आएका हुन्छन्। ती सबैले आ-आफ्नो इच्छानुसारको आचरण गरे भने त्यहाँ उच्छृङ्खलता छाउँछ र उद्दण्डता आउँछ। त्यसैले विद्यालयले निर्धारण गरेका निश्चित नियम, मर्यादा वा आचारसंहिताको पालन गर्नु विद्यार्थीहरूको परम कर्तव्य हुन आउँछ। अनुशासित विद्यार्थीले आफ्ना माता, पिता, गुरु र विद्यालयको गौरवपताका उचा राख्नाका साथै परिवार, समाज र राष्ट्रकै प्रतिष्ठा र इज्जतलाई चम्काउँछन्। ठूलाको आदर गर्नु, सानालाई माया गर्नु, असहायलाई सहयोग गर्नु र शिष्ट सम्य एवं सुसंस्कृत आचरण गर्नुजस्ता कुराहरूका साथै नियम-कानून पालन गर्ने जस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन्। विद्यार्थी जीवनमा नियम र मर्यादाहरूलाई पछ्याएर संयमित आदर्श आचरण गरेमा नै भविष्यमा एक सचेत, सभ्य र शिष्ट नागरिक बन्न सकिन्छ । त्यस्तै सचेत, सभ्य र शिष्ट नागरिकहरूको जीवन नै सुखमय र प्रतिष्ठामय हुने गर्दछ । अनुशासनको पालना गर्नाले हरेक विद्यार्थीको व्यक्तित्वको समुचित विकास हुन्छ।

 एउटा असल अनुशासित विद्यार्थी शिक्षकको आँखाको नानी मात्र होइन हरेकका लागि मायाको खानी बनेको हुन्छ। आजको विद्यार्थी अनुशासनको पालनाबाटै भोलि राष्ट्रको होनहार नागरिक मात्रै होइन विशिष्ट व्यक्तित्वका रूपमा चिनिन पुग्छ। प्राचीन गुरुकुल शिक्षा प्रणालीमा गुरुशिष्यका बीच एक समुधुर सम्बन्ध विकसित थियो। त्यति बेला 'आचार्य देवो भव मनी आचार्य वा गुरुलाई विद्यार्थीले देवताको कोटिमा राख्तथे र गुरुवर्गहरूले पनि आफ्नो अपूर्व विद्वत्ता र त्यागका कारण आफ्नो प्रतिष्ठा कायम राखेका थिए। गुरुदक्षिणाका लागि एकलव्यले दोणाचार्यलाई औला काटेर दिएको प्रसङ्गले गुरुमतिको कट्टरता चरितार्थ हुन्छ। हिन्दूपरम्पराअनुसार मानवजीवनलाई चार आश्रममा विभाजित गर्दै अनुशासित पार्नकै लागि विद्यार्थी अवस्थालाई ब्रह्मचर्याश्रमअन्तर्गत राखेको पाइन्छ। किनकि विद्यार्थीकालमा गरेको कठोर तपस्याको प्रतिफलस्वरूप नै व्यक्तिको उत्तरार्द्धजीवन सुखमय हुनाका साथै ऊ विशिष्ट व्यक्तित्वको रूपमा भविष्यमा चिनिन पुग्छ।

विद्यार्थीवर्गमा अनुशासनहीनता मौलाउँदै जानामा बहुविध कारणहरूले नेपथ्यबाट भूमिका खेलेका छन् जुन कुरो राष्ट्रिय रोग नै बन्न पुगेको छ। आज विद्याध्ययनजस्तो पावनतम उद्देश्य लिएर विद्यालय जानुपर्ने विद्यार्थीहरूमा गुरुभक्तिभन्दा नेताभक्ति देखिएको छ। ज्ञानगुनका कुराहरू समेटिएका पुस्तकहरू बोकेर विद्यालय जानुपर्ने, विद्यार्थी भन्दा बोकेर जुलुसमा र डन्डा बोकेर हुलमुलमा हिँडेको छ। शैक्षिक सुधारका लागि गरिनुपर्ने आन्दोलन र हडतालहरू नक्कल गर्न पाउनुपर्ने, हल्ला गर्न पाउनुपर्ने र पदाधिकारीहरूको निष्काशन हुनैपर्ने जस्ता गैरशैक्षिक मागद्वारा निर्देशित छन्। यसरी सर्वत्र अराजक- अनुशासनहीन गतिविधि जुन देखिएको छ त्यसको मूलकारण जिम्मेवार दल र व्यक्तिहरूको गैरजिम्मेवार आचरण र व्यवहार हो भन्न सकिन्छ। विद्यार्थीवर्गलाई भन्याङ्ग बनाएर सत्ताशिखर चढ्न चाहनेहरूले नै विद्यार्थीहरूको अनुशासनमा आघात पुयाएका हुँदा विद्यार्थीवर्गहरू यसतर्फ बढी सचेत रहनु वाञ्छनीय देखिन्छ।

आजका विद्यार्थी मोलिको देशका संवाहक हुन् र कर्णधार हुन् तसर्थ विद्यार्थीवर्गमा देखिएको अनुशासनहीनतालाई समाधान गरेर मात्र मुलुकमा अनुशासित एवम् दक्ष जनशक्ति जन्मन सक्छ। विकृत विसङ्गत मस्तिष्क-मानसिकता भएका अनुशासनहीन व्यक्तिहरूको भिड जम्मा भयो भने भोलि राष्ट्रका जिम्मेवार ओहदामा तिनै अनुशासनहीन व्यक्तिहरू पुग्नेछन् फलस्वरूप राष्ट्रले ठूलो दुर्भाग्यको सामना गुर्नपर्ने हुन्छ, मुलुक ठूलो दुर्घटनामा पर्न सक्छ र राष्ट्रले मयकर क्षति बेहोर्नुपर्ने हुन्छ। तसर्थ विद्यार्थीवर्गले आफ्नो विद्याध्ययनको पवित्र उद्देश्यबाट विमुख नभई अनुशासित तरिकाले अध्ययनमा संलग्न हुनुपर्ने हुन्छ।

अनुशासन नियम र मर्यादाको पालन हो भने यो पालन स्व-स्तर स्वाभाविक रूपमा आफूभित्रैबाट हुनु सर्वोत्तम मानिन्छ। हुनत "लालयेत् पञ्चव दश वर्षाणि ताडयेत् प्राप्ते तु षोडशे वर्षे पुत्रमित्रमिवाचरेत्"" दश वर्षदेखि सोहवर्षका अवधिसम्म विद्यार्थीलाई अनुशासनको डोरीमा नका दण्डित गर्ने पर्ने कुरा उल्लेख गरेका छन् तैपनि बाहिरबाट थोपरेको अनुशासन क्षणिक हुन्छ; डर र भयद्वारा छाएको शान्ति र अनुशासन दिगो हुन सक्त arसको अस्त्र प्रयोग गरी कायम गरिएको अनुशासनको आयु लामो हुँदैन। त्यस् अनुशासनलाई आदर्श अनुशासन भन्न पनि सकिन्न। भय र त्रास अनि हर धम्कीबाट कायम गरिएको अनुशासन आदर्श अनुशासन होइन; आदर्श अनुशासन व्यक्तिको अन्तस्करणबाट स्वतस्फूर्त रूपमा प्रस्फुटित अनुशासन हो। विद्यार्थीहरूम पनि अनुशासन त हुनै पर्छ तर त्यो अनुशासन डन्डाको भरमा होइन; दण्डव छात्रहरू पथभ्रष्ट हुन सक्छन्; त्यसैले विद्यार्थीहरूमा हृदयको अतल गहिराइबाट अनुशासनको अङ्कुर उमार्न सकियो भने त्यस्तो अनुशासन चिरकालसम्म जीवन रहन्छ।

विद्यार्थी जीवनमा अनुशासनको पालना गर्न नसक्नेले आफ्नो व्यक्तित्वम जीवनका हरेक फांटमा हरियाली ल्याउन सक्तैन। ऊ कसैको पनि श्रद्धाको पात्र बन सक्तैन। जीवनमा हरेक पलमा उसले आफ्नो अनुशासन उल्लङ्घनको दुष्परिणामश दुर्घटनासँग साक्षात्कार गर्नुपर्ने हुन्छ । त्यसैले विद्यार्थी जीवनको कलिलो बिरुवालाई उच्छृङ्खलता र अनुशासनहीनताको खडेरीले नसुकाओस्; यसतर्फ विद्यार्थीवर्ग सचेत र सतर्क रहनु जरुरी एवम् वाञ्छनीय छ।

विद्यार्थी जीवनको अनुशासनका लागि घर-परिवार, विद्यालय र समाजले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्छ। विद्यार्थी सानो उमेरका हुन्छन्; कुमालेको कांची माटोजस्तै हुन्छन्। अनुशासननिर्माणको चक्रमा हालेर तिनलाई सुन्दर बनाउने कर सम्बद्ध सबै क्षेत्रको हो। अनुशासनको पाठ पढाउँदा र अनुशासनको भावना जगाउंय अनुशासन सिकाउने स्वयं अनुशासित भइदिएन भने त्यो पनि 'परोपदेशे पाण्डित्यम्। मनेम केवल सिद्धान्त मात्र हुन जान्छ । विद्यार्थीलाई चुरोट नखान सिकाउने स्वयं पनि यस कुलतबाट बच्नुपर्छ। घरमै मद्यपान गर्ने बाबुको देखासिकी गरी त्यसतर्फ प्रवृत्त भयो भने छोराभन्दा बाबुकै दोष बढी हुन सक्छ। त्यसै अनुशासनपालन गर्न सिकाउने स्वयम् अनुशासित बन्नु पनि आवश्यक हुन्छ । विद्यार्थी जीवन जीवनको उबाकाल हो । असल बिहानीले असल दिन सकेत दिन्छ; त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन्। अनुशासित व्यक्ति फलेको रुखको हांगोजस्तै नम्र हुन्छ; लटरम्म हुन्छ। विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्त्व छ।



Post a Comment

0 Comments