Essay on Mt. Everest in Nepali | सगरमाथामा निबन्ध

सागरमाथा 


 १. नेपालको उत्तरी भेगमा पूर्वदेखि पश्चिमसम्म हिउँ नै हिउँले ढाकिएको पर्वतशृङ्खला छ यही शृङ्खला चुलिएर रहेका विश्वप्रसिद्ध धेरैवटा शिखर छन् । यी शिखरहरूमा सगरमाथा, अन्नपूर्णा, माछापुच्छ्रे, धौलागिरी, मनासलु all आदि प्रसिद्ध शिखर हुन् । तीमध्ये पनि संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा हो। यो शिखर महालङ्गुर हिमालयमा रहेको छ र सोलुखुम्बु जिल्लामा पर्छ । यसको उचाई ८,८४८ मिटर छ ।


सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो भनी पत्ता लगाउने all पहिलो व्यक्ति भारतका सर्वे विभागका राधानाथ सिकन्दर भन्ने एक जना बङ्गाली हुन् । तर त्यस विभागका प्रमुखको नाउँ जर्ज एभरेस्ट भएकाले । चुचुराको नाम पनि उनकै नाममा रह्यो अनि यो चुचुरो बाह्य जगत्मा 'माउन्ट एभरेस्ट' का नामले प्रसिद्ध भयो। यसको नेपाली नाउँ 'सगरमाथा' हो भनी चिनाउने व्यक्तिचाहिँ इतिहासशिरोमणि बाबुराम आचार्य हुन् ।) यसलाई चिनियाँ भाषामा 'इयामोलोङ्मा' र तिब्बती तथा अन्य स्थानीय भाषामा 'चोमोलुङमा' भनिन्छ ।


२.


सगरमाथाको नाम नसुन्ने देश कमै होलान्। शिरमा सगरमाथा रहेकाले विदेशीहरू यस देशलाई 'सगरमाथाको देश' पनि भन्ने गर्छन्। बर्सेनि हजारौंपर्यटक सगरमाथा हेर्न नेपाल आउँछन्। यसबाट नेपालले अरू मुलुकसित सामाजिक-सांस्कृतिक सम्बन्ध बढाउने अवसर पाएको छ। पौराणिक ग्रन्थमा कैयन् देवदेवी र ऋषि महर्षिहरूको वासस्थल हिमालमा रहेको थियो भनी बताइएको छ । यसैले यी स्थान पवित्र मानिएका छन् । चोमोलोइमाको अर्थ हो- देवी आमा। स्थानीय बासिन्दाहरू यसै रूपमा सगरमाथाको आदर र पूजा गर्छन् । आधुनिक युगमा पनि सगरमाथा विश्वका लागि हाँकका रूपमा रहेको छ। यस शिखरमा पुग्न चाहने कति जनाले त्यहाँ नपुग्दै आफ्नो जीवन बिसाए भने कति जना यस शिखरमा पुगी विश्वभर आफ्नो नाम चम्काउन समर्थ भएका छन् ।


३.


संसारमा सबभन्दा अग्लो शिखरका रूपमा रहेर सगरमाथाले नेपालको नाउँ चम्काएको छ । नागबेली आकारमा डाँडाकाँडा चुलिंदै गएर हिउँले ढाकिएको सगरमाथा सबैका निम्ति आकर्षणकेन्द्र भएको छ । यसको शान्त र सुन्दर आकृति हेर्न पाउँदा पनि कति मानिस आफूलाई धन्य सम्झन्छन् । पर्वतारोहण गर्ने दलले प्रकृतिमाथि विजय गर्न खोज्दा त यसको महत्त्व झन् बढेको छ । सगरमाथा हाम्रो देशको गौरव हो। यस्तो विश्वप्रसिद्ध चुचुरो शिरमा राखेर बस्ने सौभाग्य नेपालले पाएको छ ।


४. सगरमाथा चढ्ने अभियान वि. सं. १९७० देखि थालिएको हो । सबभन्दा पहिले रोयल जोग्राफिकल सोसाइटी र अल्पाइन क्लबले सगरमाथाको चुचुरोमा पुग्नका लागि प्रयास गरेका थिए। तर संसारको सबैभन्दा अग्लो र हिउँ नै हिउँले ढाकिएको त्यस चुचुरामा पुग्नु सजिलो थिएन। यस अभियानमा कैयन् पर्वतारोही असमर्थ रहे। कति जना बीचैबाट फर्किए, कति जना त त्यहीं बिलाए पनि। मानिस स्वभावैले ऑटिलो सामाजिक प्राणी हो। ऊ हारेर बस्न चाहन्न। असफलता नै सफलताको चिह्न हो भने मानिसहरूले निरन्तर साहस गरिरहे। अन्तमा २०१० सालमा न्युजिल्यान्डका एडमन्ड हिलारीका साथ नेपालका तेन्जिङ सेर्पा (नोर्गे) सर्वप्रथम सगरमाथाको


शिखरमा पुगे। प्रकृतिमाथि मानिसको विजय भयो। हालसम्म विभिन्न देशका सयौँ लोग्नेमानिस र दर्जनौं महिला यस शिखरमा पुगिसकेका छन् । पहिलोपल्ट सगरमाथा चढ्ने महिला जापानकी जुन्को ताबेई हुन्। नेपाली महिलाहरूमा सगरमाथा चढ्ने प्रथम महिलाचाहिँ पासाङ ल्हामु सेर्पा हुन् । उनले २०५० साल वैशाखमा सगरमाथाको शिखरमा टेकेर नेपाली महिलाको नाक ठाडो पारेकी थिइन्, तर फर्कंदा बाटो भुलेर उनको निधन भयो ।


सगरमाथा चढ्ने प्रयास नयाँ-नयाँ रूपमा भइरहेका छन् । २०४६ सालमा नेपाल-चीन जापानको संयुक्त अभियानमा एउटा ठूलो टोलीले सगरमाथा चढ्यो। यस बेला आरोहणदलका दुई टोली भएर एक टोली उत्तरी मोहडाबाट र अर्को टोली दक्षिणी मोहडाबाट सगरमाथाको शिखरमा पुगेका थिए। शिखरमा पुगेर आरोहणदलका सदस्यहरूले आ-आफ्नो देशका झन्डा फहराए। दुवैतिरबाट शिखरमा पुग्दा उनीहरूले परस्पर अँगालो मार्दै गहिरो मित्रता जनाएका थिए । त्यसपछि सगरमाथा चढ्ने दक्षिणतर्फको टोली उत्तरबाट र उत्तरतर्फको टोली दक्षिणतर्फबाट तल झरे। संसारभरिका अनेक मानिसले सगरमाथा चढेको यो नौलो र मन लोभ्याउने दृश्य टेलिभिजनमार्फत हेरेका थिए


५. सगरमाथा नेपाल र नेपालीको गौरव त हुँदै हो, साथै अन्य दृष्टिले पनि यो महत्त्वपूर्ण छ वर्षैपिच्छे सगरमाथा चढ्न आउने पर्यटकहरूको सङ्ख्या बढ्दै छ । सगरमाथाले हाम्रो देशको पर्यटन उद्योगलाई फस्टाउन मदत दिएको छ । यसबाट निकै नेपालीहरूले काम पाइरहेका छन् । नदीनालाको स्रोत भएर तथा बर्खे हुरीलाई रोकी पानी बर्साउन सघाउ दिने कुरा त पहिले पनि मानिँदै आएका हुन्। यसै कारण लोकले यसलाई अन्नदाता देवीका रूपमा लिएको पाइन्छ सगरमाथा नेपालका निम्ति सगर (आकाश) छुनेजस्तै भएको छ। सगरमाथा साँच्चै नेपालको प्रतिष्ठा हो, गौरव हो ।

Post a Comment

0 Comments