Essay on Dashain in Nepali | निबन्ध : दसैँ

 दसैँ

 

निबन्ध १


१. दसैँ आउने बेलामा केटाकेटीहरू दसैं आयो, खाउँला पिउँला' भनेर औंला भाच्छन् दसैमा राम्रो लगाइने र मीठो खाइने भएकाले केटाकेटीहरू यसरी औंला भाँच्दै रमाएका हुन् । दसैँ नेपालीहरूको ठूलो राष्ट्रिय चाड हो। हामी विजयादशमीलाई 'दसैँ' भन्छौं। यस चाडलाई बङ्गालीहरू 'दुर्गापूजा' र भारतका अन्य हिन्दूहरू 'दशहरा' भन्ने गर्छन्। नेपालमा पनि तराईका रैथानेहरूले दसैँलाई 'दशहरा' भनेको सुनिन्छ । ठूला-ठूला चाडपर्वमा मुसलमानको इद हुन्छ, क्राइस्टहरूको क्रिसमस, चिनियाँहरूको वसन्त चाड र हिन्दूहरूको बडादसैँ । दसैँ राष्ट्रिय चाड भएकाले यसको महत्त्व नेपाली संस्कृतिमा विशेष रूपमा रहेको छ ।


२. ( दसैँको चलन कसरी चल्यो भन्नेबारेमा विभिन्न मत छन्। पौराणिक कथाअनुसार त्रेतायुगमा रामले नवदुर्गाको पूजा, उपासना गरेका र दशमीका दिन रावणको वध गरेपछि विजयोत्सव मनाएका थिए त्यसै दिनदेखि आजसम्म पनि विजयको प्रतीकका रूपमा विजयादशमी मनाउन थालिएको हो भनिन्छ। अर्को कथाअनुसार जुन दिन दुर्गाले चण्डी बनेर देवताहरूको शत्रु महिषासुरको वध गरिन् त्यसै दिनदेखि यो पर्व मनाइएको हो। दसैँ जहिलेदेखि र जसरी मनाइने गरेको भए तापनि यो हाम्रो विजयको, एकताकोर खुसीको चाड हो। यस चाडको नेपाली जीवनमा निकै महत्त्व छ।


दसैँको बेला खेतीपातीको धेरै कम सकिएको हुन्छ । प्रकृति पनि हरिलोभरिलो र रमाइलो हुन्छ । वर्षा बितिसकेकाले आकाश स्वच्छ देखिन्छ । बाटाघाटामा धूलोमैलो हुँदैन। घर-आँगन पनि सफासुग्घर पारी सजाइएका हुन्छन्। मन रमाएको बेला आफन्तसँग भेटघाट तथा भलाकुसारी गर्नु बितेका दुःखलाई बिर्सनु, सुखम् दुखम् राम्रो लाएर, मीठो खाएर रमाइलो गर्नु यस समयका महत्त्वपूर्ण कुरा हुन्। दसैँको चाड मनाइनुमा यी सामाजिक उपयोगिता र उत्साहप्रद स्थितिले पनि विशेष भूमिका खेलेको पाइन्छ ।


३. दसैं पनि दुइटा छन्- चैतेदसैं र बडादसैं। चैत महिनाना मनाइने सानो दसैँ चैतेदसैं हो। चैतेदसैंलाई बडादसैंको दाँजोमा कमै महत्त्व दिइन्छ, तर पनि चैतेदसैँ केही रमाइलै हुन्छ । बडादसैंको त कुरै भएन । ठूलो चाड भएकाले यस चाडमा नेपालीहरूको विशेष चहलपहल हुन्छ । नेपालमा बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म जम्मा पन्ध्र दिन मनाइन्छ बङ्गालतिर यस चाडलाई तीन दिनसम्म मनाउँछन् ।


४. आश्विन शुक्ल प्रतिपदाको दिनलाई 'घटस्थापना' भनिन्छ। यस दिन घर-घरमा पूजाकोठामा कलश थापेर नवदुर्गाको पूजा गरिन्छ । त्यसै ठाउँमा बालुवाको वेदीमा जौ छरेर जल छर्किई जमरा राखिन्छ । कोठाभित्र महानवमीको दिनसम्म नौ दिन नवदुर्गाको पूजापाठ गर्ने चलन छ । नौ दिनको अवधिलाई 'नवरात्र' वा 'नवस्था' भन्ने गरिन्छ । यिनै


'दसैंको विशेष चाडचाहिँ सप्तमीदेखि सुरु हुन्छ। सप्तमीको दिनलाई 'फुलपाती' भनिन्छ। यस दिन गोरखाबाट काठमाडौंको हनुमानढोकामा फूलपाती ल्याई पर्सिने चलन थियो। यसै दिन अपराह्ण टुँडिखेलमा बढाई गरिन्छ अष्टमीलाई 'महाष्टमी' र नवमीलाई 'महानवमी' भनिन्छ।


दशमीलाई 'टीका' पनि भनिन्छ । टीकाको दिन सबैभन्दा रमाइलो हुन्छ । आफन्तहरू आफूभन्दा बडाका हातको टीका थाप्न घर-घरमा पुग्छन्। सबै जना आ-आफ्ना मान्यजनबाट टीका लगाई आसिक थाप्छन् र रमाउँछन्। मानिसका निधारमा प्रसादस्वरूप लगाइएको दही-अक्षताको रातो र घुसारिएका जमरा निकै राम्रो दखिन्छ ।


५. दसैंका अवसरमा सम्पूर्ण शिक्षणसंस्थामा दसैँभरि नै र कार्यालयहरूमा केही दिन बिदा हुन्छ । यस बेला टाढा गएका परिवारका सदस्य पनि घर फर्कन्छन् र एकै ठाउँमा भेला हुन्छन् दसैँमा गाउँघर, छरछिमेकमा खुब रमाएर पिङ खेल्छन् सहरबजारमा चङ्गा उडाइरहेको देखिन्छ। दसैँ नेपाली जीवनमा साह्रै रमाइलोसँग भिजेको छ ।


हुन त गरिबहरूका घरमा दसैँ मान्न पनि गाह्रो पर्छ । उनीहरू 'आयो दसैँ ढोल बजाई, गयो दसैँ रिन बोकाई' को अवस्थामा पुग्छन् । यति हुँदाहुँदै पनि यस चाडले परस्परमा मेलमिलाप बढाउँछ र दुःखलाई पनि बिर्साउन खोज्छ। दसैँ हाम्रो महत्त्वपूर्ण राष्ट्रिय चाड त हुँदै हो, साथै यो परस्परमा • आज्ञापालन गर्न सिकाउने चाड हो, श्रद्धा-सद्भावना बढाउने चाड हो र मायाप्रेम उब्जाउने चाड पनि हो।

 

निबन्ध २



'दशमी' भन्ने संस्कृत नामशब्दबाट विकसित भई बनेको नेपाली तदद्भव 'शब्द 'दसै' हो। यो नेपालीहरूको एक प्रसिद्ध चाड हो। यो चाड तमाम धर्मप्राण नेपाली हिन्दूहरूको साँस्कृतिक, आध्यात्मिक एवम् धार्मिक दृष्टिले औधि लोकप्रिय चाड हो र यस चाडमा हिन्दू राष्ट्र नेपालमा सबैभन्दा लामो सरकारी बिदा दिइने गरेबाट यो राष्ट्रिय महत्त्वको पर्व पनि हो भन्ने प्रस्ट हुन्छ ।

चैत्र शुक्ल पक्षमा मनाइने 'दसैँ' र आश्विन शुक्ल पक्षमा मनाइने 'दसैँ' गरी वर्षमा दुईवटा 'दसैँ' पर्दछन्। तर आजभोलि 'दसै' भन्ने शब्द आश्विन शुक्लपक्षमा 'मनाइने 'दसैँ वा 'बडा दसैँ' को पर्यायवाची शब्दका रूपमा प्रयुक्त हुँदै आएको पाइन्छ । 'बडा दसैँ', 'विजया दशमी' आदि नामबाट पनि पुकारिने 'दसै' पर्व आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिन धुमधामले मनाइन्छ । ती पन्ध्र दिनमध्ये पनि विशेष महत्त्वपूर्ण दिनचाहिँ 'सप्तमी', 'अष्टमी', 'नवमी' र 'दशमी' तिथिका दिनहरू हुन् ।

शरद् ऋतुको हरियाली सर्वत्र मुस्काएका बेला नेपालीहरूका घर -अगिनमा आइपुग्ने मान् पर्व दसैँ खुसी र हर्षको पर्व हो। "वर्षा जाँगरिली दासी धोई पोती लिपी चली। शरद् मालिकिनी जस्तै गर्न थाली ढलिमली" मनी कविशिरोमणि लेखनाथ पौड्यालले शरद् ऋतुलाई मालिक्नीको संज्ञा दिएका छन् नभन्दै यसवेला आकाश स्वच्छ देखिन्छ। प्रकृति सम्पूर्ण रूपमा स्निग्ध, सुरम्य र सौम्य देखिन्छ । यतिबेला प्रकृतिमा नयाँ बैस, नयाँ उमङ्ग र नयाँ लाली र नयाँ मादकता चढेको हुन्छ र जनमनमा पनि एक किसिमको उमङ्ग, बहार आएको हुन्छ। यसरी 'जाडो र 'गर्मी' दुवै समान अवस्थामा रहने शरद् ऋतुमा नेपालीहरूले आफ्ना घर, चोक बाटो घाटो, चौतारी आदिको पुनर्निर्माण, मरम्मत र सफाइ गरी सुमधुर मुस्कानसाथ भव्य स्वागत गरी दसैँलाई घर-घरमा भित्र्याउँछन्। यति बेला के धनी, के गरिब के महल, के झुप्रो सबैका घरमा मासु र मात, मीठो र मसिनो पाकेकै हुन्छ: धनी घरका बालबालिकाले मात्रै कहाँ हो र विपन्न र गरिब परिवारका बालबच्चाहरू पनि नयाँ लुगा लगाउन पाएर फुरुङ्ग परेका हुन्छन्। यसरी वर्ष दिनमा दसैँ भए पनि गरिब र विपन्नहरूका चुलामा मीठो मीठो पाक्ने, दुःखी र दरिद्रीका जिवाले चिल्लो र मीठो चाहने यो चाड सुसियालीले मरिएको चाड हो जहाँ आर्थिक असमानता देखिए पनि खुसीयालीमा चाहिँ समानताजस्तो देखापर्दछ।

दसैँ वा बडा दसैंसँग सम्बन्धित किंवदन्तीहरूका अनुसार यो पर्व अन्यायका विरुद्ध न्याय र असत्यका विरुद्ध सत्यको विजय भएको खुसियालीमा मनाईदै आएको देखिन्छ। एक किंवदन्तीअनुसार परापूर्व कालमा दैत्यहरूको आतङ्कबाट आतङ्कित भएका देवताहरूले शक्तिरूपिणी दुर्गा भवानीको आराधना गरे अनि दुर्गाभवानी प्रकट मइन् र त्यसपछि देव-मनुष्यहरूलाई सताउने शुम्भ, निशुम्भ र रक्तबीज, महिषासुर आदि असुरहरूको विनाश गरी उनले असतुलाई पराजित गरिन् र सतुको संरक्षण गरिन् अनि देवताहरूले निर्भय भई देवीको पूजा गरेदेखि नै यो पर्व मनाउने प्रचलन चलेको हो। त्यस्तै अर्को किंवदन्तीअनुसार त्रेता युगमा भगवान् रामचन्द्रले महाकालीको आश्विन शुक्ल प्रतिपदाको घटस्थापनाका दिनदेखि शक्तिरूपिणी देवी दुर्गा भवानीको पूजा-आराधना गरी दशमीका दिन असुर रावणमाधि दुर्गा भवानीके कृपाले विजय प्राप्त गरेको हुँदा त्यसबेलादेखि यो पर्व मनाईदै आएको हो। यसरी सत्ले असत्माथि न्यायले अन्यायमाथि विजय प्राप्त गरेको प्रतीकका रूपमा यसको नाम विजया दशमी रहेको हो भन्ने जनविश्वाससमेत रहेको पाइन्छ ।

विजया दशमी व दसैँ पर्वमा एकातिर 'टीका' को अत्यन्तै ठूलो महत्त्व भने अर्कातिर त्यही टीकाका नाममा विभिन्न पेसा रोजगार र व्यापारमा टाढाटाढा गएका घर-परिवारका सदस्यहरू मेला मई आ-आफ्ना भावनाहरू साटासाट गर्ने हुँदा यसलाई पारिवारिक पुनर्मिलनको पर्व मन्नु पनि स्वाभाविक देखिन्छ। छरछिमेकमा बोलचाल नभए पनि यस दिन आफ्ना विगतका यावत् तिक्तताहरू बिर्सेर सुमधु सम्बन्ध विकसित गर्न मानिसहरू अग्रसर हुन्छन् । यसै दिन राष्ट्राध्यक्षबाट सम्पूर्ण राष्ट्रवासीको सुख र समृद्धिका निम्ति हार्दिक शुभकामना सन्देश प्रदान हुन्छ भने मान्यजनबाट टीका थाप्ने अनि आशीर्वाद ग्रहण गर्ने र मान्यजनप्रति नतमस्तक हुँदै हार्दिक आदर एवं सम्मान गर्ने प्रचलन पनि छ। निधारभरि रातो टीका, कान र टोपीमा जमरा अनि "आयु द्रोणसुते श्रियम् दशरथे र "जयन्ती मङ्गला काली जस्ता आशीर्वचन र मन्त्रहरू गुञ्जायमान मई यति बेला घरघरमा रमाइलो छाएको हुन्छ। यसरी एक-आपसमा सुख र समृद्धिको अनि शुभकामनाको आदानप्रदान गर्ने, पारिवारिक भेटघाट र पुनर्मिलनको माहौल जुटाउने, आपसी मेलमिलाप बढाउने र आदरसम्मान अभिवृद्धि गराउने दृष्टिले समेत यस चाडको विशिष्ट महत्त्व रहेको देखिन्छ।

दर्गे सुसी र प्रसन्नताले भरिएको पर्व भए पनि गरिब नेपालीहरूका पर आंगनमा यो 'दसा' बनेर आएको गुनासो सुनिन्छ। 'आयो दसै ढोल बजाई गये दस मिन बोकाई' भन्ने उखानले दसैँ दरिद्र नेपालीका घरमा दसा बन्ने कुरो छ। आम्दानी नभए पनि रिन-धन गरेर भए पनि मीठो खाने र राम्रो लाउने नाममा ऋणको भारी बोकाएर जान्छ दरौ। आजमोलि त मादक पदार्थसेवन, मै-झगडा र मारपिटका घटनाहरू पनि दसैँका समाचार बन्दछन् जुन कुरो विकृति एवम् असभ्यताको परिणाम हो। दसैँलाई आफ्नो औकातले भ्याउने गरी मनाउनुपर्छ। औकातले नभ्याउने गरी मनाउँदा अनि घाँटी हेरी हाड निल्ने काम नगर्दा नै दसैँ दसा बनेर उपस्थित हुने गरेको हो।

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व दसैँमा अन्य धर्मावलम्बीहरूको पनि रुचि र सहभागिता देख्न पाइन्छ । घरको सिंगारपटार सरसफाइ र सजावटमा पनि कलात्मक मूल्य झल्काउने र परिवार तथा कुटुम्बका बीच मान-सम्मान एवम् माया स्नेह जगाउने काममा दसैँको सांस्कृतिक महत्त्व झल्किन्छ । यी धार्मिक, सांस्कृतिक, पारिवारिक, एवम् कलात्मक मूल्यका दृष्टिले सर्वोच्च पर्व दसैँका अवसरमा देखिने आडम्बर, पाखण्ड र विकृत पक्षलाई तिलाञ्जली दिई यसका सकारात्मक, कलात्मक एवम् सांस्कृतिक मूल्यको संरक्षण र जगेर्ना गर्नु समस्त नेपालीको दायित्व हो ।


 

Post a Comment

0 Comments