Essay on Tihar/Dipawali in Nepali | निबन्ध: तिहार

तिहार

 


निबन्ध १


सङ्घर्ष सङ्घर्षले भरिएको जीवनको कथाभित्र केही रमणीय क्षणहरू पनि जाउँछन्ः दुःखैदुःखले भरिपूर्ण मानवजातिको जिन्दगीमा केही सुखका मिल्काहरू पनि देखिन्छन्, कालाकाला धनघटाहरूका बीचबाट कहिलेकाहीँ झिलिक्क बिजुली चम्के सङ्कटैसङ्कटका बीचमा कहिलेकाहीँ आनन्द र खुसीका पुञ्ज पनि फेला पर्छन्। जीवनमा आइपर्ने उत्पीडन, शोक, चिन्ता र दुःखलाई बिर्सेर मानव मुसुक्क मुस्कुराउन चाहन्छ, खित्का छाडेर हाँस्न चाहन्छ, उन्मुक्त भएर गाउन अनि नाच्तै-नाच्तै रमाउन पनि चाहन्छ। यस्तैयस्तै परिस्थितिहरूका बीचमा हाम्रा चाड र पर्व जन्मेका हुन्। हा चाड र पर्वहरूको इतिहास पहिल्याउँदै जांदा हामीले तीमित्र थुप्रै थुप्रै कथा भेदाला प्रचुरमात्रामा किंवदन्ती फेला पारौंला, तर ती सबै पर्व र उत्सवहरूले अतीतसँग वर्तमानको हात मिलाइदिएका छन्; दुःखसँग सुखलाई साटिदिएका छन् । हाम्रा त्यस्तै त्यस्तै पर्वहरूमध्ये एक निकै महत्वपूर्ण पर्व हो तिहार ।

कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिबीचका पाँच दिनसम्म मनाइने चाड नै तिहार हो। पांच दिनसम्म मनाइने यस चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथों दिन गोरु तिहार र पाँचौ दिन भाइ तिहार पर्दछन्। पांच दिनसम्मको यस अवधिलाई यमपञ्चक भनिन्छ। यी पाँचै दिन घर-घरमा दीपावली गरिने भए पनि विशेष गरी औंसीको सांझ वा गाई तिहारका सांझ लक्ष्मीको पूजा गर्ने समयमा भव्य रूपमा दीपावली गरिने भएकाले गाई तिहारलाई दीपावली पनि मनिन्छ । धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्त्वका दृष्टिले हाम्रा अत्यन्तै उच्च र गौरवमय पर्वहरूमध्ये तिहार पनि एक हो । शरद् ऋतुको बैंस मुस्कुराएको महिना अर्थात् कार्तिक महिनामा पर्ने यो पर्व नेपालीहरूको ठूलो पर्व हो। यो पर्व पाँच दिनसम्म मनाइए पनि प्रमुख रूपमा गाई तिहार र भाइ तिहारलाई धुमधामसँग मनाइने भएकाले गाई तिहारका दिन गरिने लक्ष्मीपूजा र भाइ तिहारका दिन गरिने भाइटीकाका कारण यसको अझै महत्व बढेको छ।

तिहारका पाँच दिनहरूमध्ये काग, कुकुर र गोरुको तिहार सामान्य रूपमा । मनाइन्छ। कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन पर्ने काग तिहारका दिन कागको पूजा हुन्छ। यमराजको दूत मानिने काग टाढाटाढाको सूचना ल्याउने चलाख पक्षी हो र यसले कीटाणुद्वारा रोग फैलिने कुराको सूचना दिएर पनि मानिसलाई सतर्क पारी ठूलो गुन लगाएको हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। कागलाई अघिपछि तिरस्कृत गरिए पनि यस दिन मीठो-मीठो खाना दिएर पूजा गरिन्छ । काग तिहारको अर्को दिन अर्थात् चतुर्दशीको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यो दिन नरकका राजा यमराजको दूत मानिने अर्को इमानदार प्राणी कुकुरको पूजा हुन्छ। कुकुर गुणवान् र विश्वासी प्राणी मात्र होइन, घरमा चोरी हुनबाट बचाउने, परदेश जाँदा बाटो देखाइदिने जस्ता तमाम गुणहरू खचाखच भएको प्राणी हो । यस दिन कुकुरलाई माला लगाइदिएर मीठा-मीठा परिकारहरू खुवाई मानिसले एकातिर यमदूत कुकुरको पूजा गरी यमराजको सम्मान गर्दछन् भने अर्कातिर आफूलाई विपत्तिबाट जोगाउने प्राणीप्रति अत्यन्त आत्मीय भाव प्रकट गर्दछन् । तिहारका पाँच दिनमध्येको चौथो दिनलाई गोरु तिहार भनिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिनमा गोवर्धन पर्वतका आकारको आकृति बनाई पूजा गरिने यस दिन पुराण प्रसिद्ध दानी पुरुष बलि राजा र गोरु वा साँढेको पनि पूजा गरिन्छ। नेवारहरूको म्ह पूजा अर्थात् आफ्नो शरीर/आत्माको पूजा गरी मीठा-मीठा परिकार भुजा गर्ने यो दिन मान्छेले आफूले आफैलाई सम्मान गर्ने दिन हो र आफ्नो आत्मालाई पूजा गर्ने दिन पनि हो ।

तिहारका पाँच दिनमध्ये तेस्रो र पाँचौ दिन निकै महत्त्वपूर्ण मानिन्छन्। तेस्रो दिन भनेको कार्तिक कृष्ण अमावस्या वा औंसीको दिन हो। औंसीका दिनलाई गाई तिहार भनिन्छ- 'हे औसी बार गाई तिहार मैलो' भन्ने गीतले औंसीका दिन गाईको पूजा गरिने कुरा झल्काउँछ । औंसीकै राती धनदौलतकी देवी लक्ष्मीको पूजा-अर्चना गरिने भएकाले यस दिनलाई लक्ष्मीपूजा पनि भनिन्छ। यस दिन हरेक घरमा बिहानै उठेर नुहाइधुवाइ गरी गाईलाई माता सम्झी पूजा गरिन्छ। यति बेला घरलाई निकै सफा र सुग्घर पारी कलमल्ल गराउंदै घरको ढोकादेखि पूजाकोठासम्म बाटो लिपेर लक्ष्मीको आह्वान गरिन्छ। लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका सुन्दर माला र झिलिमिली कागज राखेर घरलाई नववधू पारी सिंगारिएको हुन्छ । यसै दिन धनको सिहासन मूल ढुकुटीको पूजा-अर्चना हुन्छ । यस दिन दैनिक काममा प्रयोग हुने कुचो, नाङ्लो र कन्तुरको पूजा पनि हुन्छ । वास्तवमा लक्ष्मीपूजा फलमल्ल बत्ती बालेर मिरमिरे सल्काउँदै रमाउने बालकहरूको र धनका लागि समर्पित व्यापारीहरूको समेत ठूलो चाड हो।

तिहारको अन्तिम अर्थात् पाँचौँ दिनलाई भाइ तिहार भनिन्छ। भाइ तिहारका दिन दिदी-बहिनीले दाजुभाइलाई टीका लगाइदिने परम्परा रहेको पाइन्छ। मनिन्छ, यस दिन यमराजकी प्यारी दिदी यमुनाले आफ्ना भाइ यमराजलाई पूजा गरेकी थिइन् । तिनले 'माइपूजा' गरेको त्यही परम्पराका रूपमा यो पर्व मनाईदै आएको हो। एउटै बाबु र एउटै आमाका छोरा दाजुभाइ र दिदीबहिनीका बीच भेटघाट हुने सुवर्ण अवसर जुटाइदिनु यस चाडको अर्को विशेषता हो। दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल शिरमा घसी कहिल्यै नओइलाउने मखमली फूलका मालाले दाजुभाइलाई सजाई, शत्रुवैरीहरू घज्यामघुजुम पार्न ओखर फोर्दै विभिन्न रङ्गको सुन्दर टीका लगाइदिने र मीठा-मीठा परिकारहरू खान दिने काम भाइतिहारमा हुन्छ। दाजुभाइले दिदीबहिनीलाई उपहार दिएर एक-आपसमा भ्रातृत्वप्रेम दर्शाउँदै यो पर्व मनाउँछन्। यमराजले आफूलाई गरिरहेकी बहिनी यमुनाको आग्रह स्वीकार गर्दै भनेका थिए रे "अब बाजश दिनदेखि दिदीबहिनीहरूले भाइबहिनीहरूलाई टीका लगाइदिने काम हुनेछ । त्यसबेलादेखि नै यमद्वितीयाका दिन भाइतिहार मनाउने प्रचलन सुरु भएको भनिन्छ।

तिहारको समयका सुन्दर मात्रै होइन असुन्दर पक्षहरू पनि छन् । आज तिह मनाउने भन्नासाथ जुवा-तासको खालमा बस्ने भन्ने अर्थ निकाल्न थालिएको छ। तिहारमा बालबालिकाहरूले सहरबजारमा पटका पडकाउँदा कतिपय बालकहरूको मृत्यु र कैयौं घाइते भएका दुःखद समाचारहरू हामीले सुन्ने गरेका छौं। 'नखेल जुवा र ताम धनको नाम ज्यूज्यानको वनवास' भन्ने गीतले बताएकै जुवा र तासले कतिपय व्यक्तिको उठीबास हुनु तिहारको असुन्दर पक्ष हो। तिहारका समयमा देउसी र भैलो खेलेर आफ्नो संस्कृतिको संरक्षण गर्नु यसको निकै सुन्दर पक्ष हो भने देउसी र मैलो खेल्ने नाममा जाँड-रक्सीमा मात्तिएर मांडभैलो गर्दै सामाजिक अशान्ति निम्त्याउने प्रवृत्तिको सुरुवात हुनु यसको असुन्दर पक्ष हो। देउसी र भैलोमा आफूले मागेजति नपाएमा कैगडा गर्ने प्रवृत्तिको पनि आज विकास भएको छ। यसबाट हाम्रा चाडबाडमित्र केही कुरूप पक्षले टाउको उठाउने दुश्चेष्टा गरेको प्रतीत हुन्छ।

तिहार नेपालको राष्ट्रिय र नेपालीहरूको निकै प्रिय चाड हो। यो यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइए पनि विशेषगरी कार्तिक कृष्ण पक्षको औंसी र शुक्ल पक्षको द्वितीयाका दिन घुमधामसँग मनाइन्छ। सुख-सम्पत्ति र ऐश्वर्यकी देवी लक्ष्मीको भव्य पूजा-अर्चना हुने र भाइबहिनीहरूका बीच भ्रातृत्व एवं भगिनीत्वको सम्बन्ध प्रगाढ बन्ने हुँदा यो चाड आबालवनितावृद्ध सबैको महान् चाड हैं।

निबन्ध २


१. तिहार पनि नेपालीहरूको ठूलो राष्ट्रिय चाड हो। यो चाड कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल द्वितीयाका दिनसम्म पाँच दिन मनाइन्छ तिहारको पौराणिक सम्बन्ध यम र उनकी बहिनी यमुनाको स्नेह मिलनको कथासँग जोडिएको छ । यसैले तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ हर्षोत्सवका साथ बत्ती बालिने हुनाले तिहारलाई 'दीपावली' पनि भन्ने गरिन्छ । तिहारका पाँच दिन क्रमैले पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन हलतिहार वा गोरुतिहार र पाँचौं अर्थात् अन्तिम दिन भाइतिहार पर्छन् ।


२. कागतिहारका दिन कागको, कुकुरतिहारका दिन कुकुरको, गाईतिहारका दिन गाईको, हलतिहारका दिन गोरुको र भाइतिहारका दिन भाइको पूजा गरिन्छ। हलतिहारको दिन बेलुकी नेवार जातिमा 'हमपूजा' गर्ने चलन छ 'हमपूजा' भनेको आफ्नै जीउको पूजा हो। काग, कुकुर, गोरुजस्ता जीवबाट मानिसलाई धेरै मदत भएको छ। तिनीहरू उपयोगी गाई, प्राणी हुन् । यसैले वर्षमा एक-एक दिन पूजा गरेर तिनको पनि महत्त्व देखाइन्छ, तिनीहरूप्रति सद्भाव जनाइन्छ।


३.


पाँच दिनसम्म मनाइने तिहारको चाडमा घर-घरमा दियो, पाला, खोरी आदिमा ताँतीका ताँती बत्ती बालिन्छ, मनबैत्ती जगमगाइन्छ । लक्ष्मीपूजाको दिनमा त सहर-बजार धपक्कै बल्छ। चारैतिर झिलिमिली पारिएका बत्तीहरू घुमाइएको दृश्य आँखै तिरमिराउने किसिमको हुन्छ। औंसीको अँधेरीमाथि विजय गर्न यस दिन मानौं धर्तीमा नै जूनतारा उदाउँछन्। उज्यालो नभएको घरमा लक्ष्मी आउँदिनन् भन्ने लोकविश्वास छ। यसैले पनि लक्ष्मीपूजाका दिन साँझमा लक्ष्मीको आह्वान गर्दै बत्ती बाल्ने, उत्सव मनाउने, ढुकुटी र पूजाकोठामा लक्ष्मीलाई सजाउने अनि पूजाआजा गर्ने चलन छ ।


४. तिहार बत्ती बालेर मात्र होइन, अरू किसिमले पनि रमाइलो हुन्छ । यस चाडमा घर-घरमा गएर भैलो र देउसी खेली आसिक दिने गरिन्छ। लक्ष्मीपूजाका दिन राति गाउँघर र टोल- छिमेकमा आइमाई-केटाकेटीहरू त्यसरी गाएर भैलो खेल्छन्


हे औंसीवार, गाईतिहार भैलो !


भैलिनी आइन् आँगन हे औंसीबार, गाईतिहार भैलो !


गुन्यू चोलो मागन


हरियो गोबरले लिपेको


लक्ष्मीपूजा गरेको


हे औंसीबार, गाईतिहार भैलो !


हलतिहारको रातिचाहिँ प्राय: देउसी खेल्ने चलन छ देउसी खेल देउसेहरू यसरी भट्टयाउने र गाउने गर्छन्


ए भन भन भाइहो!


देउसी रे


झिलिमिली झिलिमिली


देउसी रे



वर्ष दिनको


देउसी रे


तिहुँ-तिहार


देउसी रे


चाड मनाउन


आएका हामी


देउसी रे


देउसी रे


५.


- खेलमा


तिहारको आखिरी दिन भाइपूजा हुन्छ । साइपूजा नेपालीहरूको महत्त्वपूर्ण पर्व हो । यस दिन सबै दिदीबहिनीले आ-आफ्ना दाजुभाइलाई टीका लगाउँछन्। टीका लगाउँदा दिदीबहिनीद्वारा दाजुभाइका दुःख-कष्ट हराऊन, उनीहरू चिरायु रहून, वैरीको नाश होस् आदि शुभकामना व्यक्त गरिन्छ । टीका लगाएपछि दिदीबहिनीहरू दाजुभाइलाई फलफूल, मिठाई र मसलाजस्ता खानेकुरा दिन्छन्। दाजुभाइ पनि आफ्ना दिदीबहिनीलाई स्नेह-श्रद्धास्वरूप लुगा र भेटी चढाउँछन्। भाइपूजाका दिन दाजुभाइका घाँटीमा फूलको माला र निधारमा रङ्गीचङ्गी टीका साँच्चै खुल्छ । भाइटीकालाई खास गरी दाजुभाइ र दिदीबहिनीको मिलन र स्नेहको चाड मान्न सकिन्छ । घरमा बनाइएको सेल, मिठाई, अचार आदि खाएर रमाइलोसँग दिन बिताउँदा दाजुभाइ र दिदीबहिनीमा कहिलेकाहीं देखा। परेको चित्तदुखाइ पनि हराउँछ। यसरी दाजुभाइ र दिदीबहिनीका बीचमा रहेको स्नेह-सद्भावनालाई ताजा पार्ने काम भाइटीकाले गर्छ ।


६. तिहारको बेला कोही कोही मानिस नराम्रा खेलबाड, जुवा आदिमा लागेर धोती न टोपी भएका पनि देखिन्छन् यस्तो नराम्रो लतलाई हटाउने र जनतामा मेलमिलाप बढाउने, सुख-शान्ति ल्याउने काममा बल पुग्याउने हो भने यसको ऐतिहासिक महत्त्व अझै चम्कन्छ । तिहारमा घर-आँगन सफा गरिन्छ, देउसी-भैलो खेलिन्छ, पिङ मच्चाइन्छ । मानिसदेखि जीवजन्तुसम्मको पूजाआजा हुन्छ । यी सबै कुरामा पौराणिक र धार्मिक सम्बन्ध मात्र छैन, सामाजिक उपयोगिता पनि धेरै छ तिहार लाग्नासाथ जता हेन्यो उतै झिलिमिली, रमाइलो र हर्षबढाइँ हुन्छ छोटकरीमातिहारलाई उज्यालोको, उन्नतिको र प्रेमको चाड मान्न सकिन्छ । नेपाली जीवनमा सांस्कृतिक र सामाजिक दुवै दृष्टिले यस चाडको विशेष स्थान रहेको छ।

 

Post a Comment

0 Comments